यो युग साइवर युग हो भनेर अव कसैलाइ बखान गरी रहनु पर्दैन । त्यसैले निर्बिवाद नेपाली साहित्य र साहित्यकारहरुले पनि साइवर युगमा प्रवेश गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो। इन्टरनेटले बिश्वलाइ नै सानो गाउको रुपमा आकार बदलि दिएकोले यो माध्यमलाइ अपनाउनु जरुरी छ भन्ने ठान्दछौ । आजको युगमा वेवसाइटहरुले मात्र लोकप्रियता नकमाएर ब्लगसाइटहरुले पनि धमाधम विश्वव्यापी रुपमा गर्न सके नामदाम कमाएका उदाहरणहरु हामीले सुन्दै जान्दै आएका छौ । त्यहि पक्षलाइ नियाल्दै हामीले यो व्लगसाइटको साहारा लिएर नेपाली लेखकहरुको बैयक्तिक बिवरण पुस्तकालयलाइ सामुहिक रुपले निर्माण गर्न तम्सिएकाछौ। निश्चय नै लेखक तथा पाठक वर्गको सहयोग अपरीहार्य छ किनकी तपाइहरुको सहयोग विना यो पुस्तकालय अधरो वन्न जान्छ । तसर्थ यो पुस्तकालय मार्फत नेपाली लेखकहरुलाइ विश्व भरी छरीएर रहेका नेपाली पाठकहरुको सामु पुर्याउने हाम्रो मुख्य लक्ष्य हो । वास्तवमा यो पुस्तकालय हाम्रो सानो सोचाइको उपज भएकोले यसको लागि सामग्रीहरुलाइ कसरी प्रस्तुत गर्दै लैजाने भनेर विभिन्न लेखक तथा पाठकहरुबाट अमुल्य सुझावको अपेक्षा गर्दछौ। यहा राखिएका सामग्रीहरुको श्रोत विभिन्न पत्रपत्रिका,लेखक स्वयम तथा कृतिहरु नै हुन। जहा सम्म यो पुस्तकालयले लेखक तथा पाठकहरुलाइ केहि हद सम्म सहयोग पुग्नेछ भन्ने आशा लिएकोछौ । सहयोग पुगेमा यो कामको जस तपाइहरुलाइ नै जानेछ । धन्यवाद
————————
नेपाली साहित्य प्रतिष्ठान हङकङ